मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

साइकलमा महानायक

शनिबार, ०४ पुस २०७२, ०५ : ३१
शनिबार, ०४ पुस २०७२
शनिबार राजधानीको कीर्तिपुरबाट चलचित्र 'बागमती' को प्रायोजनमा साइकल र्याली निकालिएको छ । र्यालीमा महानायक राजेश हमालले साइकल चढेर र्यालीको उद्घाटन गरे । हमालले आफूले अभिनय गरेको चलचित्र बागमतीको प्रचार प्रसारको लागि आफैंले साइकल चलाएका थिए । चलचित्र बागमतीको प्रदर्शन मिति नजिक आउदै गर्दा चलचित्रका मुख्य कलाकार राजेश हमाल नै चलचित्रको प्रचार प्रसारको लागि खुलेर लागेका छन् । हमाल रिबन काटेर सुरु भएको साइकल र्यालीमा चोभार ,बागमती ,नखु ,पाटन दरबार ऎस्कुयर ,कुपन्डोल ,त्रिपुश्वर ,असन ,नरदेवी ,कालिमाटी ,बल्खु हुदै क्रितिपुरसम्म पुगेका थिए । हमाललाई चलचित्र बागमती लेखिएको टिसर्ट लगाएका करिब ३०० जनाले साथ दिएका थिए । र्याली लायन क्लब अफ गोल्डेन टाउन तथा इन्द्रेणी क्लब क्रितिपुरको सयुक्त आयोजनामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप