पुनःनिर्माण कार्यलाई चाँडो अगाडि बढाउन आग्रह
काठमाडौँ– भूकम्पका कारण घर भत्किएको लामो समयसम्म पुनःनिर्माण नहुँदा भूकम्पपीडित जाडोको समयमा अझै पनि टहरामै बस्न बाध्य भएको भन्दै जतिसक्दो चाँडो पुनःनिर्माण कार्यलाई अगाडि बढाउन आग्रह गरिएको छ ।
नेपाल संरक्षण अभियानले सञ्चालन गरेको महत्वपूर्ण राजनीतिक अभियानको शनिबार उद्घाटनका क्रममा वक्ताहरूले विनाशकारी भूकम्पले तहसनहस भएका जनतालाई गास, बास र कपासको व्यवस्था गर्न जोडदार माग गरे ।
समाजसेवी मानव सेवकले अहिलेका राजनीतिक पार्टी र पार्टीका नेता मुलुक निर्माणभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएको अवस्थामा सबैलाई समेटेर लैजाने राजनेताको आवश्यता औँल्याए ।
संविधान निर्माण भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै सबै नेपाली एकजुट भएर मुलुकलाई आर्थिक र सामाजिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
नेपाल संरक्षण अभियानका संयोजक विष्णुप्रसाद शर्माले भूकम्प, बन्द, हडताल र नाकाबन्दीबाट मुलुक सङ्कटमा परेको अवस्थामा सबै नेपाली मिलेर त्यसको सामना गर्नुपर्ने बताए । अभियानले विभिन्न क्षेत्रबाट मुलुक निर्माणमा योगदान पु¥याउने करिव दुई दर्जन ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण