मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीमा लुटेराद्वारा चार राउण्ड गोली फायर, एक जना गम्भिर घाइते

आइतबार, ०५ पुस २०७२, १० : ०३
आइतबार, ०५ पुस २०७२

म्याग्दी– म्याग्दीको दरवाङमा गएराति लुटेराहरुले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् ।

दरवाङ गाविस– ८ दिच्यामका ४० वर्षीय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहिने पाखुरा र ढाडमा गोली लागेका उनको जिल्ला अस्पताल, बेनीमा उपचार भइरहेको छ । रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दिच्यामका जङ्गबहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट भएको थाहा पाएपछि छिमेकी मिलेर लुटेरालाई लखेट्न जाने क्रममा रोकालाई गोली प्रहार गरेको स्थानीय बासिन्दा दिनेश पुर्जाले बताए । उनका अनुसार लुटेराले चार राउन्ड फायर गरेका थिए ।

लुटेराले जङ्गबहादुर र चित्रकुमारी पुर्जाको घरबाट एक तोला सुन, दुई तोला चाँदी, नगद रु सात हजारसहित कुखुरा लुटेर लगेको प्रहरीले जनाएको छ ।

राति नै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको र लुटेराको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप