भारतबाट ल्याइको एक सय ५० लिटर डिजेल नष्ट
आइतबार, ०५ पुस २०७२, १० : ०८
गौशाला– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा १५० लिटर डिजेल नष्ट गरेका छन् ।
नाकाबन्दी र मधेस बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले जलेश्वर नगरपालिका वडा नं ६ स्थित परिक्रमा गाछीमा भारतको भिट्ठामोडबाट ल्याइएको सो परिमाणको डिजेल नष्ट गरेका हुन ।
बिहानै ५ बजेको समयमा भारतीय मोटरसाइकलमा बोकी ल्याइएको सो डिजेल मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर भुइँमा पोखी आगो लगाई नष्ट गरेको मोर्चाका नेता लालबाबु यादवले बताए ।
आक्रोशित मोर्चाका कार्यकर्ताले तस्करको मोटरसाइकलमा आगजनी गर्न खोजेका थिए । तर मोटरसाइकल चालकले पुनः पेट्रोलियम पदार्थ तस्करी नगर्ने र गरेको पाइएमा कारबाही गर्नु भनेपछि उनलाई मोटरसाइकलसहित छाडेको नेता यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण