मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

तराईमा फैलाइएको भ्रम अब धेरै टिक्दैनः रायमाझी

आइतबार, ०५ पुस २०७२, १० : ४७
आइतबार, ०५ पुस २०७२

अर्घाखाँची–अर्घाखाँची क्षेत्र नं १ का निर्वाचीत सांसद टोप बहादर रायमाझीले देशभर चलीरहेको संविधान प्रचार अभियान जनतामा रहेको भ्रमलाई चिर्ने प्रयास भएको बताएका छन् । सोही अभियान अन्तर्गत शनिबार गृह जिल्ला आएका सरकारका उपप्रधान मन्त्री समेत रहेका सांसद रायमाझीले तराईमा फैलाईएको भ्रम अब धेरै दिन नटिक्ने बताए । नयाँ संविधान सँगसँगै नयाँ युग शुरु भएकाले अब देश समृद बनाउन हरबखत लाग्न पर्ने बेला आएको समेत मन्त्री रायमाझीले बताए । आफ्ना पार्टीका अडान आफ्नै पार्टीमा मात्र चल्ने तर देशमा नचल्ने भएकाले सरकारलाई गाली नभई सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप