मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनले सास्ती बेहोर्दै सर्वसाधारण, सरकारी कार्यालयनै खुल्दैनन्

आइतबार, ०५ पुस २०७२, ११ : १३
आइतबार, ०५ पुस २०७२

महोत्तरी–सत्येन्द्र यादव राजनिति र समाजसेवामा लागेका व्यक्ति हुन् । तर उनको पारिवारिक पेशा कृषि हो । गाउँमा माछा पालनको लागि सहुलियतमा कृषी विकासले पोखरी खन्ने योजना ल्याएको उनले जानकारी पाए । तर सरकारी कार्यालय नखुल्दा सो योजनाको लाभ उनले लिन त सकेनन् गहु खेतीको लागि विउ र मल नपाएर खेत बाझो नै रहने हो कि भन्ने चिन्ताले सताएको छ ।

यसो त जलेश्वरका विजय रायले व्यवसाय गर्न सोच बनाएका रहेछन् । त्यसैको लागि उनले ऋणको आवेदन समेत दिएका थिए तर मालपोल कार्यालय संचालन नभएर जग्गा धितो राखेर ऋण लिन सकेका छैनन् ।

जलेश्वरकै अर्का होटल व्यवसायी संजय गुप्ताले होटेलमा केहि थप पुँजी लगाउनलाई ऋणकै आश गरेका थिए तर उनले समेत जग्गा धितो राख्न मालपोत खुल्ने बाटो कुर्नुको विकल्प छैन । यिनिहरु प्रतिनिधि पात्र मात्र हुन महोत्तरीका अधिकाश जनता कार्यालय बन्दले पिडित छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको हो । यहाँका अधिकांश कार्यालय महिनौदेखि बन्द त छँदै छ अब कहिले खुल्ने हो भन्नेमा पनि निश्चित छैन ।

मधेश आन्दोलनको क्रममा महोत्तरी जिल्लाको विभिन्न सरकारी कार्यालयहरु चार महिना वितिसक्दा पनि संचालनमा आउन नसकेको एक जलेश्वरका एक स्थानीयले गुनासो पोखे । बर्दिवास वाहेक महोत्तरीको अधिकांस कार्यालय संचालनमा आउन सकेको छैन । जिल्ला प्रसासन कार्यालय सामान्यरुपले खुलेपनि अन्य कार्यालयहरुमा खुलेको तर काम पुर्णरुपमा सुचारु हुन नसकेको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताए । सदरमुकाम स्थित जिल्ला शिक्षा कार्यालय,महिला तथा वालवालिका कार्यालय,नापी कार्यालय,मालपोत कार्यालय,कृषी विकास कार्यालय,जिल्ला विकास समितिको कार्यालय लगायतका जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु संचालनमा आउन नसक्दा आफूहरु मर्कामा पर्ने गरेको सेवाग्राही बताउछन् । यता प्रमुख जिल्ला अधिकारीले पटक पटक कार्यालय संचालन गर्न निर्देशन दिएपनि जारी मधेश आन्दोलनका कारण कार्यालय संचालन गर्न असहज भएको र आन्दोलनकारी समेत पटक पटक आएर कार्यालय बन्द गर्न दबाब दिने गरेको नापी कार्यालय महोत्तरीका निमित कार्यालय प्रमुख कमलेश चन्द्र लाल बताउछन् । यस्तो अवस्थामा कर्मचारीहरु एक दुईजनाको संख्यामा आई हाजिरी गरेर फर्कने गरेको तर कामकाज पुर्ण ठप्प रहेको समेत उनको भनाई छ ।

मोर्चाका नेता कार्यकर्ता भने सेवाग्राहीलाई दुःख भएको स्विकार गर्दै आन्दोलन जनताकै लागि भएको र आफ्नो हक र अधिकार सुनिश्चित गर्न सवै मिलि समस्याको सामना गर्नुपर्ने बताउछन् । साथै कार्यालय बन्द भएपछि सेवाग्राही र आम जनतालाई भएको क्षतिको जिम्मेवारी समेत सरकारको रहेको मोर्चाका नेता दाबी गर्छन् ।

जारी मधेश आन्दोलनमा ५० भन्दा बढी सरकारी कार्यालय खुलाउनु सामान्य कुरा नभएको साथै जिल्ला प्रसासन,मालपोत,नापी,शिक्षा,जिल्ला स्वास्थ्य, जिल्ला विकास लगायतका कार्यालयमा बेला बेलामा पैसाको भरमा काम हुने गरेको हल्ला सुनिने गरिएको र महोत्तरीमा भैरहेको तस्करी नियन्त्रण वारे समेत सचेत भई सो को नियन्त्रण गर्नु पर्ने प्रमुख जिल्ला अधिकारीको लागि चुनौतीको विषय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप