मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अण्डाको उपभोग वृद्धि गर्न उन्नत जातको कुखुरा वितरण

आइतबार, ०५ पुस २०७२, १२ : ०७
आइतबार, ०५ पुस २०७२
जाजरकोट– यहाँका ७ वटा दुर्गम गाविसमा सुनौला हजार दिनका आमा तथा बालबालिकालाई अण्डा तथा मासुको उपभोगमा वृद्धि गर्न नमुना कृषकहरुलाई उन्नत जातको कुखुरा वितरण गरेको छ । सुनौला हजार दिन भित्रका वालवालिकाहरुलाई पोषण युक्त खाने कुराको आवश्यक पर्ने भन्दै अण्डा र मासुको उपभोग वृद्धी गर्न सुआहारा कार्यक्रमलले उन्नत जातको कुखुरा वितरण गरेको सुआहाराका जिल्ला संयोजक वसन्त श्रेष्ठले जानकारी दिए । सुनौला हजार दिन भित्रका वालवालीकाहरुको ८० प्रतिशत शारीरिक, मानसिक तथा वौद्धिक विकास भई सक्ने र वालवालीकाको समग्र विकासका लागी पोषणयुक्त खानाको आवश्यक पर्ने भन्दै यो समयमा सुआहारा अण्डा र कुखुरा वितरण गरेको जनाएको छ । अण्डाको लागि उन्नत जातका कुखुराहरु वितरण मजकोट, थलारैकर, दशेरा, पजारु, रग्दा, लहँ र भुर गाविसहरु रहेका छन् । सातवटा गाविसका ६० जना नमुना कृषकहरुलाई दस दस वटाको दरले उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको जिल्ला संयोजक श्रेष्ठले जानकारी दिए । सात वटा गाविसका प्रत्यक वडावाट छनौट गरिएका गरिव ६० जना नमुना कृषकहरुलाई कुखुरा पालन सम्वन्धि ५ दिने क्षमता अभिवृद्धी तालिम दिई घरमै सुधारिएको खोर निर्माण गरेपश्चात ह्यामसायर जातको आठ हप्ते चल्ला वितरण गरिएको छ । उनले ह्यामसायर आठ हप्ते जातको कुखुरा अण्ढा दिनलाई मात्र उत्तम नभएर घरमा पालन गर्नका लागि पनि निकै सजिलाो जात भएको वताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप