मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी, आमरण अनसनसम्मको कार्यक्रम

आइतबार, ०५ पुस २०७२, १३ : ०३
आइतबार, ०५ पुस २०७२

सुर्खेत– एमाओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) १२ बुंदे मागसहित आइतवार उपकूलपति र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका छन् । संगठनका केन्द्रीय सचिवालय सदस्य केशव शाहीले रातोपाटीसंग भने–‘ विश्वविद्यालयका पादधिकारीहरुको मनोमानी कार्यशैली र फजुल खर्च गरेर विश्वविद्यालयलाई तहसनहस पार्ने कुकृत्यको अन्त्य गर्न तालाबन्दी गरिएको हो । हाम्रो समयसीमा भित्र सार्थक वार्ता नभए उनीहरुको राजीनामा मागिनेछ र सहकूलपति र कूलपतिसंग मात्र वार्ता गरिनेछ ।’ अखिल क्रान्तिकारीद्वारा प्रकाशित अपिलमा भनिएको छः यस क्षेत्रका गरीब जनताले आफ्नो छाकबाट काटेर गिट्टी कुटेर, दाउरा बेचेर आफ्नो रगत र पसिनाको जगमा स्थापना गरेको विश्वविद्यालयका पादधिकारीहरु आज दिन प्रति दिन देश विदेशका अन्य विश्वविद्यालयहरुको सिको गर्दै आफ्नो व्यक्तिगत भोग विलाश र ऐस आरामका लागि अनावश्यक रुपमा महंगा महलहरु भडामा लिने, प्रर्याप्त गाडीहरु ह्ुंदाहुंदै पुनः गाडी खरिद गर्ने, देश विदेश भ्रमणमा लाखौं लाख खर्च गर्ने, प्राज्ञिक मर्यादा विपरित काम गर्ने, ऐन नियमहरुलाई आफ्नो अनुकूल व्याख्या र लागु गर्ने, विज्ञापन एउटा गर्ने कार्यान्वयन अर्को गर्ने, वास्तविकता भन्दा बढी प्रचार गर्ने र बाहिर बोल अरु सबे अनपढहुन्, मूर्ख हुन् भन्दै विधि र प्रक्रिया दुहाई दिने तर व्यवहारमा अत्यन्त गैर जिम्मेवार र दोहोरो चरित्र प्रदर्शन गर्नु यस क्षेत्रका आम जनसमुदायका सार्थ विश्वविद्यालय स्थापनाका महान् अभियन्ताहरु प्रतिको ठूलो विश्वासघात र धोका हो ।’ संघर्षका कार्यक्रमहरु १.पौष छ गते उपकूलपति र रजिष्टारको कार्यकक्षमा तालाबन्दी २. पौष ६ गते महाविद्यालयमा रिले अनसन ३.पौष ७ गते विदेश भ्रमणका लागि २ वटा हवाइजहाज, काठमाडौं भ्रमणका लागि २ वटा कार, आवासका लागि एउटा महल र प्राध्यापक कर्मचारीका नियुक्तका लागि खरानीको टिका उपहार दिने ४. पौष ९ गतेदेखि विद्यार्थीका भर्ना शुल्क तथा क्षतिपूर्ति फिर्ता माग्ने अभियान ५.पौष १२ गतेदेखि केन्द्रय महाविद्यालयमा आमरण अनसन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप