मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबच झडप, मोर्चाका कार्यकर्ता पक्राउ (फोटोफिचर)

आइतबार, ०५ पुस २०७२, १४ : ४६
आइतबार, ०५ पुस २०७२

वीरगञ्ज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जमा आन्दोलनलाई कडा पारेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेकोमा आज मोर्चाका कार्यकर्ताले आन्दोलनलाई थप कडाई गरेका छन् । बिहानैदेखि आन्दोलनकारीहरुले बजार, उद्योग कलकारखाना, यातायात बन्द गराएका छन् भने तोडफोडमा समेत उत्रिएका छन् । आन्दोलनकारीहरुले घण्टाघरमा केहि ट्याम्पो र मोटरसाइकलमा तोडफोड गरेका छन् । उनीहरुले ना १ ह ९३३ र ना १ ह ६६८ नम्बरको ट्याम्पोका साथै ना८च १८९०, चा१६च ४४८६ , ना १प ७७२८ नम्बरका मोटरसाइकल तोडफोड गरेका हुन् । आन्दोलनकारी आक्रामक बनिरहँदा वीरगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरिएको सहकर्मी अमित अग्रवालले जनाएका छन् ।

यसैब्ीच  भर्खरैदेखि घण्टाघरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भैरहेको  छ । झडपका क्रममा मोर्चाका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्दोलनकारी बलिराम पट्टेल रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप