मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यातायात व्यवस्था विभागको टेन्डरमा कमिसनको खेल, छानबिनको माग गर्दै अख्तियारमा उजुरी

आइतबार, ०५ पुस २०७२, १४ : ४०
आइतबार, ०५ पुस २०७२

काठमाडौं– यातायात व्यवस्था विभागले टेन्डर आह्वानमा एक पछि अर्को अनियमितता गर्ने गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान अयोग उजुरी परेको छ ।

विभागका कर्मचारीहरु आर्थिक चलखेमा आफू निकटकालाई टेन्डर पार्न लागिपरेको समेत उजुरीमा दाबी गरिएको छ । ‘विभागका कर्मचारीहरु ठूलो रकम भ्रटाचार गरेर आफूनिकटस्थलाई टेन्डर दिलाउन सुनियोजित चालसहित लागिरहेका छन्, यसप्रति आयोगको ध्यान समयमै जाओस् र विभागद्वारा योजनाबद्धरुपमा हुन लागेको भ्रटाचार हुनबाट जोगियोस् भन्ने अपेक्षा छ’, उजुरीमा भनिएको छ । संसदको सार्वजनिक लेखा समितिलाई समेत बोदार्थ गरिएको ा उजुरीमा विभागले टेन्डर आह्वान गर्दाखेरी नै विश्वकै विश्वकै एकदुई देशलाई मिल्ने गरि मात्रै आह्वान गर्ने गरिएको उल्लेख छ । यसो त विभागले स्मार्ट ड्राइभिङ लाइसेन्स र भेइकल रजिष्ट्रेसन सिस्टमको बोलपत्र आह्वानमा टेन्डर डकुमेन्टको सर्तहरु बनाउँदा निश्चित कम्पनीलाई पार्न सक्ने अधिकार उपयोग गरिएको र जसले गर्दा उत्कृष्ट कम्पनीहरुलाई पछि पार्दै भारतीय कम्पनी सेक्युरिटी प्रेस मद्रास सेक्युरिटी प्रेसलाई जिम्मा दिइएको थियो । यसबाट टेन्डर आह्वान हुनुअगावै विभागका कर्मचारीहरु निश्चित भेन्डरसँग मिलेर काम गर्ने र जसरी पनि टेन्डर तोकिएकै कम्पनीलाई हात दिलाउने कसरतमा मोटो रकमको चलखेलमा लाग्ने गरेको उजुरीमा उल्लेख छ ।

फेरि अर्को भ्रष्टाचारको तयारीे विभागले विभिन्न समयमा आह्वान गरेको टेन्डरमार्फत करोडौंको अनियमितता हुँदा सम्बन्धित निकाय मौन भइदिएपछि फेरि अर्को अनियमितता हुने देखिएको छ । विभागले हालै आह्वान गरेको ग्लोबर टेन्डरमा पनि अनियमितता हुने देखिएको हो । विभागले आह्वान गरेको ग्योबल टेन्डर Contract identification No. DOTM/G/ICB-01/2015 ; Supply and Delivery of High Security Vehicle Embossed Number plates including personalization , enrolment and IT Infrastructure- मा भ्रष्टाचार हुने संकेत देखिएको हो । टेन्डरमा रहेको अधिकांश सीमाहरुको एकमात्र जर्मनी कम्पनी युटीएससीएचलाई फिट हुने गरि तयार गरिएको छ । औपचारिकता पूरा गर्नमात्रै टेन्डर आह्वान गरिएको त्यसको भित्रि गेमप्लान भने युटीएससीएचलाई नै दिने भएको बताइन्छ । सम्बन्धित निकाय मौन

विभागले पटक पटक अनियमितता गरेको सार्वजनिक हुँदै आएको भएपनि सम्बन्धित निकाय मौन रहँदै आएको छ । ‘अनियमितताबारे व्यापकरुपमा विरोध हुँदा पनि सम्बन्धित निकाय मौन भएर यस विषयमा कुनै सरोकार राख्दैन । यसबाट अझ के प्रष्ट देखिन्छ भने कारबाही गर्ने निकायपनि कतै यसैसँग संलग्न त छैन’, उजुरीमा भनिएको छ, ‘हैन भने भ्रष्टाचार हुन र गर्न नदिनको लागि जिम्मेवारी बोकी पदमा बसेका कर्मचारीको औचित्य के छ ?’ प्रविन तामा्रकारले दिएको उजुरीमा अनियमितताबारे गम्भीर छानबिन गरि दोषीमागि कारबाहीको माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप