शिवम् सिमेन्टले ल्यायो ५० केजीकै दाममा ५५ केजीको योजना
काठमाडौं–शिवम् सिमेन्ट लि. ले नेपाली बजारमा “५० के.जी. कै दाममा ५५ के.जी.” योजना ल्याएको छ । नेपालमै पहिलो पटक ल्याइएको यो योजना, शिवम् सिमेन्टले आफ्ना सम्पूर्ण उपभोक्ताहरुमा समर्पित गरेको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले अब शिवम् सिमेन्टको प्रत्येक ५० के.जी. को बोराकोे खरीदमा थप ५ के.जी. सिमेन्ट प्राप्त गर्नेछन् भने उक्त बोराको मूल्य भने ५० के.जी. बोराकै बराबर रहनेछ । उक्त योजना सीमित अवधिका लागि नेपाल अधिराज्यभर लागु गरिएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्ट हो । नेपालका केन्द्र भाग हेटौँडामा अवस्थित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथै शिवम् ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । “गुण्स्तरको पहिचान हो शिवम्” तथा “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वस्नीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको कम्पनीको दाबी छ । काठमाडौँ चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरुमा सिबम् सिमेन्टको प्रयोग भएको छ । आईएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदैँ आएको छ र दिई रहने प्रतिबद्घता व्यक्त समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण