मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

यस्ता छन् ४ नम्बर प्रदशेका एमाले नेताको प्रधानमन्त्रीसामु माग

आइतबार, ०५ पुस २०७२, १५ : ०२
आइतबार, ०५ पुस २०७२

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रदेश नम्बर चारका नेकपा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाकापार्टी अध्यक्षहरुले आज भेट गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा उनीहरुले चीनसँग जोडिएको कोरलानाका सञ्चालन गर्न र पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले प्रदेश नम्बर चारमा पर्ने उपल्लो मुस्ताङको छोन्हुप गाबिसमा रहेको कोरलानाका(नेचुङ भन्सार) शिघ्र सञ्चालनमा ल्याउनका लागि मित्रराष्ट्र चीनसँग कुटनीतिक पहल गर्न आग्रह गरे । सो नाका पोखरा, बेनी, जोमसोम, लोमन्थाङ कोरला सडक उत्तरको तिव्वत र दक्षिणको सुनौली जोडने सबैभन्दाछोटो दूरीको नाका हो । यसैगरी,उनीहरुले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण्का लागि २०३१ सालमा छिने डाँडामा ३ हजार १ सय ६ रोपनी जमिन अधिग्रहण गरिसकेकोले चाँडै नै विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सो क्रममा प्रधानमन्त्री ओलीले नाका खोल्न र विमानस्थल निर्माणगर्न सरकार प्रतिबध्द रहेको बताए । उनले पछिल्लो समयमा आन्दोलनका नाममाअ सभ्यता, उद्दण्डता र अराजकता देखिन थालेकोले त्यस्ता गतिबिधि सरकारलाई सह्य नहुने पनि बताए ।

प्रधानमन्त्रीले संबिधानजारी भईसकेपछि संबिधानको प्राबधान अनुसार ५ सय ९६ भन्दाबढी महिलाले बैबाहिक अंगीकृत नागरिकता लिईसकेकोले नागरिकताबारे तराई मधेसमा फैलाइएको भ्रम भ्रमबाहेक केही नभएको समेत बताएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप