लन्डनमा कमल थापाले भने – नयाँ संविधान जारी हुँदा केही हलचल हुनु सामान्य हो
लण्डन–उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा जारी राजनीतिक अस्थिरता बिस्तारै सहज हुने बताएका छन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी)को टोलीसँग नेपाली दूतावास लण्डनमा भएको भेटमा परराष्ट्रमन्त्री थापाले नयाँ संविधान जारी हुँदा केही हलचल हुनु समान्य हो भन्दै विस्तारै सबै कुरा मिल्दै जानेमा आशावादी हुन आग्रह गरेका छन्।
मन्त्री थापाले नेपालका बारेमा सबैमा सकारात्मक सोचाई हुनु पर्नै बताउँदै आफ्नो भ्रमणका बेलामा बेलायत सरकारसँग दोहोरो कर हटाउने सन्दर्भमा छलफल भइसकेको बताए । टोलीले परराष्ट्रमन्त्री थापासँगको भेटमा नेपालमा विदेशी लगानी मैत्री वातावरण बनाउन समेत माग गरेको छ । भेटमा राजनीतिक अस्थिरताका कारण नेपालमा विदेशी लगानी भित्र्याउन भइरहेको कठिनाईका साथै स्थापित विदेशी कम्पनीहरुलाई समेत दक्ष कामदार झिकाउदा हुने वर्क प्रमिटको झमेलाका बारेमा परराष्ट्रमन्त्री थापाको ध्यानाकर्षण गराइएको चेम्बरका अध्यक्ष राजेन कँडेलले जानकारी दिए । कँडेलले बेलायत(नेपालबीच सन् १९९३ मार्च २ मा भएको दोहोरो करले लागीनमा अप्ठ्यारो परेको बताउँदैं नेपाल र बेलायतबीच मार्च दुई उन्नाईसय त्रियान्नब्बेमा भएको विप्पा सम्झौताको परिमार्जन गरी प्रचारप्रसार गर्नुपर्नैमा जोड दिएको बताए । टोलीले नेपालमा जारी भारतीय नाकाबन्दीको असरका बारेमा समेत छलफल गरेको छ । यसैगरी नेपाली दूतावास लण्डनमा छिट्टै राजदूत नियुक्तीको माग गर्दै चेम्बर दूतावाससँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ ।
भेटवार्तामा बीएनसीसीको तर्फबाट अध्यक्ष राजेन कँडेल, सिईओ रिचार्ड पेली, महन्त श्रेष्ठ, विराज भट्ट, प्रशान्त कुँवर लगायतको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण