प्रहरीको गोली लागेर रौतहटमा आन्दोलनकारी मारिए
रौतहट– प्रहरीको गोली लागेर रौतहटमा एक प्रदर्शनकारी मारिएका छन् । प्रहरीको गोली लागेर रौतहट तेजापाकड– १ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो। उनी विद्यार्थी रहेको बताइएको छ ।
पेटमा गोली लागि घाइते भएका उनको रौतहट जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण साहले किड्नी र सम्वेदनशील अंगमा समेत गोलीले असर गर्दा उनको मृत्यु हुन पुगेको बताए ।
गौरको वीपी चोकमा आन्दोलनकारीले ढुंगा र पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
यससअघि आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडपका कारण रौतहटको गौर आइतबार बिहानदेखि तनावग्रस्त रहेको थियो । अहिले पनि रौतहटको अवस्था तनावग्रस्त छ । ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आज रौतहटमा आन्दोलनकारीहरुले निकै कढाई गरेका छन् जसले गर्दा मोटरसाइकल समेत फाट्टफुट्ट मात्र चलेका छन् । अन्य सवारीहरु चल्न सकेका छैनन् । आन्दोलनकारीले महादेवपट्टीमा दुईवटा मोटरसाइकल तोडफोड गरेका छन् । हिजो पनि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा रौतहटमा दिनभर तनाव रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण