मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतबाट फर्किएपछि कमल थापाले भने, ‘नाकाबन्दी चाँडै अन्त्य गर्न भारत उत्सुक छ’

आइतबार, ०५ पुस २०७२, १६ : १५
आइतबार, ०५ पुस २०७२
[caption id="attachment_17513" align="alignleft" width="840"] file photo[/caption]

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा जारी नाकाबन्दी चाँडै हटाउन भारत उत्सुक रहेको बताएका छन् । बेलायत भ्रमण पुरा गरि आज स्वदेश फर्किएका थापाले त्रिभुवन विमानस्थलमा आयोमिजत पत्रकार सम्मेलनमा भारतीय पक्ष चाँडै जारी अवरोध उत्सुक रहेको बताए । ‘बेलायतमा रहेकै बेला भारतीय विदेश मन्त्रीसँग टेलिफोन वार्ता भएको थियो , भारतीय पक्ष चाँडै नेपालको सीमा नाकामा देखिएको अवरोध हटाउन उत्सुक रहेको मैले पाँए’, पत्रकारसम्मेलनमा थापाले भने ।

उनले आन्दोलनरत मधेस केन्द्रीत दलको मागलाई राजनीतिक रुपमा समाधान गर्नुपर्नेमा दिँदै भने, ‘मधेस केन्द्रीत दलहको केहि मागको विषयमा समझदारीरु भएका छन्, नभएका विषयलाई पनि समझदारीको आधारमा टुंग्याउँछौं ।’ उनले बेलायत भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता भएको जानकारी दिँदै बेलायती विदशमन्त्री फिलिप हेवोर्टले नेपालको संविधानको प्रशंशा समेत गरेको सुनाए । ४५ मिनेटको भेटका क्रममा बेलायती विदेशमन्त्रीले नेपालको संविधान विकासको कोषेढुंगा हुनेमा विस्वास समेत व्यक्त गरेका थिए । यसैगरि लामो समयदेखि ब्रिटीस गोर्खाको माग र बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामोको रिहाइको विषयमा पनि बेलायती अधिकारीहरुसाग कुरा गरेको जानकारी दिँदै थापाले यसबारे आफूले सकारात्मक जवाफ पाएको जानकारी दिए । उच्चस्तरीय भेटवार्ताका क्रममा बेलायती अधिकारीहरुले नेपालमा देखिएको संकटका विषयमा समेत थापासँग चासो राखेका थिए । उनीहरुले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बेलायती अधिकारीहरुले तत्परता देखाएका थिए । जवाफमा थापाले सहयोगको आवश्यकता परेको खण्डमा अनुरोध गरिने बताएका थिए । यसैबीच बेलायतले सन् २०१६ देखि ०२१ सम्म नेपाललाई सहयोग गर्ने गरि आर्थिक खाका बनाइरहेको थापाले जानकारी दिएका छन् ।

नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेका अवसरमा आयोजित विशेष स्वागत समारोहमा सहभागी हुन  थापा गत मंसिर २९ गते बलायत गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप