मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गम दमदाला गाउँमा ५० लाखको सुन्तला

आइतबार, ०५ पुस २०७२, १६ : ३४
आइतबार, ०५ पुस २०७२

जाजरकोट– यस वर्ष जाजरकोटको दम्दालामा ५० लाखको सुन्तला फलेको छ। जिल्लामा सुन्तला उत्पादनको मुख्य क्षेत्र ढिमे गाविस–१ दमदालामा यस वर्ष ५० लाख वरावरको सुन्तला फलेको हो। सुन्तला खेती र यो वर्षको उत्पादनबारे स्थलगत रुपमा अनुगमन गर्न दम्दाला पुगेका जिल्लाका सरकारी अधिकारी, पत्रकार र राजनैतिक दलका नेताहरुलाइ किसानहरुले सुन्तला खेतीको पकेट क्षेत्र दमदालामा १ सय हेक्टर जमिनमा ५० लाखको सुन्तला फलेको जानकारी गराएका थिए । दम्दालामा सुन्तला उत्पादनमा व्यावसायिक खेती गर्दै आएका किसानहरुले वार्षिक रुपमा व्यक्तिगत डेढ लाख देखि १० लाख सम्म आमदानी गर्ने गरेका छन्। बजार, सडक पहुँच र मुल्यको अभावमा पनि आफुहरुले ५० लाख बराबरको सुन्तला उत्पादन गरेर बजारमा पुरयाएको सुन्तला खेतीका उनले आफूले यस वर्ष १० लाखको सुन्तला फलाएको बताए । अगुवा किसान वलीले दम्दालामा २ सय घर परिवारले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेको र यो क्रम बढ्दो रुपमा रहेको उनको भनाइ छ। उनले दम्दालामा मात्र १ सय हेक्टर जमिनमा सुन्तला खेती गरिएको भन्दै प्रविधिक तथा राम्रो बजार पाए करोड वढीको सुन्तला बजारमा पुर्याउन सक्ने बताए । दम्दालालामा यो वर्ष २५ हजार रुखमा सुन्तला फलेको किसानले बताएका छन् । वली जस्तै अर्काे सुन्तला खेती गरिरहेका किसान कर्णबहादुर थापाले आफूले यस वर्ष ३ लाख बराबरको सुन्तला फलाएको जानकारी दिनुभयो सुन्तलाको दाना र विरुवा उत्पादन गरेर ३ लाख आमदानी गरेको थापको भनाइ छ। थापाले बारीमा फलेको सुन्तला वजारमा पुर्याउन समस्या रहेको जनाए। शनिबार सुन्तला खेती अगुगमन गर्न गएको जिल्ला स्तरीय अनुगमन टोलीसँग किसानहरुले सुन्तला खेतीको सम्भावना धेरै भएपनि समस्या र मागबारे कसैले सुनुवाइ नगरिदिएको गुनासो गरे। उनीहरुले सुन्तलावारीसम्म सडक पहुँच नभएको, ढुवानीको समस्या रहेको, विभिन्न रोगको समयमै उपचार गर्न नसकिएको तथा बजार अभावमा उचित मूल्य नपाएको र यसतर्फ सहयोग गरिदिन अनुगमन टोलीसँग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप