मालिका कालिका यातायात प्रालिका संचालकमाथि सांघातिक आक्रमण
दाङ–तुलसीपुरदेखि काठमाडौ डिलक्स बस संचालन गर्ने तयारीमा रहेको मालिकाकालिका यातायात प्रालिका संचालक समितिका सदस्य टोपेन्द्र डाँगी माथी अज्ञात समुहले गएराती आक्रमण गरेको छ । गएराति करिब साढे आठ बजे तुलसीपुरको बिद्युत प्राधिकरण नजिकै बाट डाँगीलाई नियन्त्रणमा लिएर कारागार पछाडि खेतमा लगि मरणासन्न हुनेगरी कुटपिट गरेको मालिकाकालिका यातायात प्रालिले जनाएको छ । डाँगीलाई रड र ढुङ्गा प्रहारबाट टाउको, छाति र दुवै खुट्टामा गम्भीर चोट लागेको र घाइतेको सिटि अस्पताल तुलसीपुरमा उपचार भएको प्रालीका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिएका छन् । नयाँ गाडी चलाउन पाइन्छ जस्तो लागेको छ ? भन्दै कुटपिट गरिएको प्रालीले बताएको छ । यसैबीच,ईलाका प्रहरी कार्यालय तुलसीपुरले आक्रमणकारीको खोजि भइरहेको जनाएको छ । यता प्रहरीले गएराती १२ मात्र आफुलाई जानकारी आएको बताएको छ । ईप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंले तुलसीपुर १ को मान्छेले ५ नम्बर वडामा राती बाह्र बजे कुटपिटबाट घाइते भएको भन्दै अबर आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण