मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रवेश परीक्षामा विदेशी विद्यार्थीलाई पास गराउन केयुको यस्तो योजना

आइतबार, ०५ पुस २०७२, १७ : ३३
आइतबार, ०५ पुस २०७२
काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षामा मनपरि गरेको छ । भोलि हुन लागेको भनिएको विदेशी विद्यार्थीको प्रवेश परिक्षामा विश्वविद्यालयले पहिल्यै प्रश्नपत्र आउट गराएको स्रोतले बताएको छ । स्रोतका अनुसार सरकारको निर्णयअनुसार विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा नै नलिई पढाउने छुट दिएको केयुले यसपटक प्रवेश परीक्षाको नाममा अर्को चलखेल गरेको हो । नेपाली विद्यार्थीलाई भर्ना गर्दा लिने शुल्कका आधारमा भारु शुल्क विदेशी विद्यार्थीसँग लिने भएकाले केयुअन्तर्गतका कलेजले भारतीय विद्यार्थीलाई प्राथमिकता दिने गरेको छ । सोहि कारण विश्वविद्यालयले विदेशी विद्यार्थीको प्रवेश परीक्षामा बढी उत्तीर्ण गराउन प्रवेश परीक्षा अघि नै प्रश्नपत्र आउट गराएको बताइन्छ । केयुले विदेशी विद्यार्थीका लागि भोलि हुने परीक्षाको लागि तोकिएको प्रवेश परीक्षामा सबैलाई पास गराउने तयारीअनुसार सम्बन्धित कलेजलाई नै परीक्षा केन्द्र तोकिसकेको छ। तर, यसरी परीक्षाको नाममाा मनमरी चलिरहेको भएपनि शिक्षा मन्त्रालय भने मौन बनेको छ । यसबारेमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँग बुझ्न पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । यसअघि विश्वविद्यालयले मनपरी शुल्क अशुल गरेको भन्दै सर्वोच्च अदालतले भर्ना प्रक्रियामै रोक लगाएको थियो । पछि सर्वोच्च अदालतले एमबिबिएसको अध्ययन गर्न आउने विद्यार्थीसँग तोकिएकोभन्दा बढी ३५ लाख शूल्क नलिन सरकार तथा काठमाडौँ विश्वविद्यालयका नाममा अन्तरिम आदेश दिएको थियो । सो सँगै विश्वविद्यालयले भर्ना प्रक्रिया अघि बढाएपनि चर्को शुल्क भने असुल्ने क्रम नरोकिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप