गुल्मीका बर्थिङ सेन्टरहरु पुन संचालनमा आउने
गुल्मी– लामो समयको बिबाद पछि जिल्लाका बर्थिङ्ग सेन्टरहरु संचालनमा आउने भएका छन् । आर्थिक बर्ष ०७१÷७२ को लागी करारमा नियुक्त भएका सेन्टरका कर्मचारीको पदावधि सकिए पछि जिल्ला जनस्वास्थ्य कार्यालयले नयाँ कर्मचारी भर्ना गर्न सकेको थिएन । गत भदौ १२ गतेबाट जिल्लामा क्रियाशिल स्वास्थ्य क्षेत्रका ट्रेड युनियनहरुले औषधी खरिद, २४ घण्टे बर्थिङ सेन्टर संचालन लगायतका बिषयमा आन्दोलन गर्दै आएका थिए । बार्षिक कार्यक्रम आउन ढिलाई हुनु, बर्थिङ्ग सेन्टर संचालनमा जिल्ला जनस्वास्थ्य कार्यालयको पहलकदमी प्रभावकारी नहुनु लगायतका कारणले सेन्टर संचालनमा ढिलाई भएको युनियनहरुको संयुक्त संयन्त्रका संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिए । ट्रेड युनियनहरुको संयुक्त संयन्त्र र जिल्ला जनस्वास्थ्य कार्यालय बीच भएको बार्ता पछि पुष ५ गतेबाट ३२ वटा बर्थिङ्ग सेन्टरमा कर्मचारी नियुक्त भएको निमित्त जनस्वास्य अधिकृत कृष्ण पन्थीले जानकारी दिए । स्वास्थ्य क्षेत्रका ट्रेड युनियनहरुले आफ्ना बिभिन्न मागहरु पुरा नगरेको भन्दै मंसिर २४ गते तालाबन्दी समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण