अमेरिकन पत्रकारको दाबी: नाकाबन्दी मधेशीलेनै गरेको हो
नयाँ दिल्ली– अमेरिकन पत्रकार डेबिड क्यापराराले नेपालमा भएको नाकाबन्दी मधेशीहरुलेनै गएको दाबी गरेका छन् । उनिले शनिवार दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा तराई-मधेश अध्ययन समुहद्वारा आयोजित नेपालमा संकट विषयक अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा भने,' मैले समाचार संकलन गर्ने क्रममा नाकामा धेरै बस र ट्रकहरु फुटाएको र जलाएको देखेको छु।
सिमामा मधेशीहरुले मानवसाङ्गलो बनाएर बसेको देखेको छु, त्यसकारण नाकाबन्दी अरु कसैले हैन, मधेशीहरुले नै गरेको हो भनि मेरो बुझाईरहेको छ ।
अमेरीकन पत्रकार उनले अन्त्यतै लोकप्रिय भाईस म्यागजिनका लागि लेख्नेकाम गरेपनि हाल अलजजिरा टिलिभिजनको लागि नेपालमाथि प्रोजेक्ट गरिरहेका छन् । उनि लगातार पाँच महिनादेखि नेपालको विभिन्न भागमा रहेर समाचार संकलन गर्नेकाम सकेर हाल नयाँ दिल्ली आईपुगेका हुन्। यसै क्रममा उनि दिल्ली स्थित विभिन्न विश्वविद्यालय र संस्थानमा अध्य्यनरत विद्यार्थीसंग आफ्ना स्थलगत अध्य्यन सम्बन्धि अनुभवको आदान-प्रदान गर्न जेएनयु आएका थिए।
आफ्ना पाँच महिने अनुभव सुनाउने क्रममा उनले भने, ' मेरो अध्य्यन-अनुभवमा मधेशीहरुको माग जायज हो र बहुसंस्कृति, बहुभाषिक र बहुधार्मिक जस्तो बहुलवाद भएको नेपालले यी मागहरुलाई संबोधन नगरेसम्म संकट टर्दैन जस्तो लाग्छ।' उनले थपे , 'मधेशीहरुको माग पेट्रोलको माग भन्दापनि बढि महत्वपूर्ण छ किनभने मधेशीहरुकोमाग पुरा भएपछि पेट्रोलकोमाग स्वत: पुरा हुनेछ तर पेट्रोलकोमाग पुरा भएपनि मधेशीकोमाग पुरा हुने देखिदैन्।'
कार्यक्रममा दिल्ली स्थित विभिन्न विश्वविद्यालय र संस्थानहरुमा अध्य्यनरत करिव पचासजना विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
उनले मधेशीदलहरुलेपनि मानवक्षति र स्थापित सामाजिक सदभाव भडकिन नहुनेगरी आन्दोनको कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ भनि सुझाव समेत दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण