स्मार्टफोन खरिदमा ४० प्रतिशतसम्मको छुट
आइतबार, ०५ पुस २०७२, १७ : ४९
काठमाडौं–ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले क्रिशमसको अवसरमा कुनै पनि किसिमका मोबाइल खरिदमा ग्राहकहरुलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । कम्प्लेक्सले बजारमा आएका सबैभन्दा नयाँ मोबाइल फोन सेटहरुको खरिदमा पनि रु १,००० देखि रु ५,००० सम्मको छुट ग्राहकलाई दिने भएको छ ।
ललितपुर मलमा रहेको कम्पनीले आउँदो क्रिशमसको अवसर पारेर ग्राहकहरुले आफुलाई मन परेको विभिन्न किसिमका स्मार्टफोनहरु भारी छुटमा खरिद गरि फाईदा लिन आग्रह पनि गरेको छ ।
नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्समा माइक्रोसफ्ट लूमिया सिरिजका कुनैपनि स्मार्टफोनहरुको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ भने हुवावेको जी ७०० मोडलको स्मार्टफोनमा रु ५,००० छुट दिईएको छ ।
आउँदो अंग्रेजी नयाँ वर्ष र क्रिशमसको अवसरमा मन परेका नयाँ ब्राण्डका स्मार्टफोन खरिदकर्ताहरुलाई पनि कम्प्लेक्सले भारी छुट उपलब्ध गराउनेछ । यसअन्तरगत हुवावेको वाई सिक्स, सामसुंगको जे फाईभ, सोनीको ई४००, लाभाको एटोम स्मार्टफोनमा रु १,००० छुट दिएको छ भने हुवावेको मेट सेभेन, जी सेभेन प्लस तथा सामसुंगको ग्यालेक्सी नोट फाइभ, ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सिक्स एज स्मार्टफोनको खरिदमा ५,००० नगद छुट दिईएको छ ।
त्यस्तै कम्प्लेक्समा सिंगापुरको ब्राण्ड डिटिसीको टर्च मोडलको मोबाइल फोनको खरिदमा पनि रु १,५०० सम्म छुट दिईएको छ भने हुवावेको वाई सिक्स स्मार्टफोन खरिदमा जाडोको लागि ज्याकेट उपहार प्राप्त गर्न सकिनेछ ।
ललितपुर मोबाइल कम्प्लेक्सले क्रिशमसको अवसरमा ल्याएको नगद छुट तथा उपहार योजनाअन्तगत मोबाइल फोन खरिद गर्दा पाईने छुट अंग्रेजी नयाँ वर्ष सन् २०१६ सम्म रहनेछ ।
त्यसैगरी कम्प्लेक्सले मोबाइलका लागि आवश्यक पर्ने विभिन्न एसेसरिज तथा अन्य ग्याजेट्समा पनि उच्च छुट दिएको छ । कुनैपनि किसिमका एसेसरिजको खरिदमा ४० प्रतिशतसम्मको छुट दिएको छ ।
नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम रहेको कम्प्लेक्समा एकै पटक ४ हजारभन्दा बढि ग्राहकले सेवा लिन सक्नेछन् । ४० भन्दा बढि शोरुम रहेको कम्प्लेक्सले उपभोक्ताहरुलाई थप सुविधा दिन आगामी दिनमा नयाँ नयाँ योजना र सेवा प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण