५५ वर्षपछि ला लिगामा रियलको १० गोल
म्याड्रिड - गेराथ बेलको चार गोलको मद्दतले रियल म्याड्रिडले ९ खेलाडीमा सिमित रायो भायोकनोलाई भारी अन्तरले पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा रियल १०—२ गोल अन्तरले विजयी बनेको हो । खेलको शुरुवातमा नै रियलले ब्राजिलियन डिफेन्डर डानिलोको गोलको मद्दतले अग्रता लियो । दुई मिनेटको अन्तरालमा एन्टेनियो अमाया र सान्चेज रुइजको गोल गरेपछि रियल आफ्नै गृहमैदानमा २—१ ले पछि पर्यो । तर, त्यसको दुई मिनेटपछि नै टिटोले रातो कार्ड खाँदै बाहिरिएपछि भायोकानो १० खेलाडीमा सिमित बन्यो । योसँगै खेल रियलको पक्षमा फर्कियो । खेलको २५ औं मिनेटमा डानिलोको पासमा गेराथ बेलले हेडमार्फत गोल गर्दै रियललाई बराबरीमा ल्याए । डिबक्समा राउल बएनाले सर्जियो रामोसलाई लडाएबापत दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि रायो ९ खेलाडीमा सिमित बन्यो । त्यसबापत पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै रियललाई पुनः अग्रता दिलाए । बेलले पहिलो हाफ सकिन अघि एक गोल थपे भने दोस्रो हाफमा पुनः दुई गोल गर्दै आफ्नो व्यक्तिगत गोल संख्या ४ पुर्याए । खेलको दोस्रो हाफमा करिम बेञ्जेमाले पनि ह्याट्रिक पुरा गरे भने रोनाल्डोले एक गोल अर्को थप्दै रियललाई सहज जित दिलाए । सन् १९६० मा इल्चेविरुद्ध ११—२ ले जितेपछि रियलले पहिलोपटक ला लिगामा दोहोरो अंकमा गोल गरेको हो । जीतसँगै रियलले बार्सिलोनासँगको दुरी २ अंकमा घटाएको छ तर बार्साले एक खेल कम खेलेको छ । खेलअघि रियलका प्रशिक्षक राफायल बेनिटेज निकै दबाबमा थिए । लिगमा उनले पछिल्ला ५ मध्ये ३ खेल गुमाएका थिए । प्रशिक्षकका रुपमा बेनिटेजको यो ५ सयौं जीत पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण