मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

२२ देशका सुन्दरीलाई पछि पार्दै रजनीले जितिन् मिसेस् हेरिटेजको उपाधि

सोमबार, ०६ पुस २०७२, ११ : ३९
सोमबार, ०६ पुस २०७२

काठमाडौं – ईप्लानेट प्रा.लि.को आयोजनामा भारतको नयाँदिल्लीमा सम्पन्न ‘मिसेस् हेरिटेज इन्टरनेशनल २०१५’मा नेपाली रजनी पाठकले शीर्ष ताज जित्न सफल भएकी छन् । ‘मिस हेरिटेज इन्टरनेसल २०१५’को स्टेजमा भएको ‘मिसेस् हेरिटेज इन्टरनेसल २०१५’मा उनले उक्त उपाधि चुमेकी हुन् । प्रतियोगितामा भारतकी डा.शिवान्गिनी मलेटिया फस्ट रनर अप तथा रसियाकी ओल्गा शेभेलेभा सेकेण्ड रनर अप चयन भएका छन् । प्रतियोगिताका सहभागिहरुले विभिन्न चरणको प्रतिस्पर्धाबाट आफूलाई अब्बल दर्शाउन कोशिश गरेका थिए । कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको यो प्रतियोगिता भारतको नयाँदिल्लीस्थित अशोका कन्टि रिसोर्टमा भएको थियो । आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार प्रतियोगितामा २२ देशका सुन्दरीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप