राष्ट्रपति भण्डारीको आगमनलाई लिएर मन्दिर तोडफोड गर्ने तीन पक्राउ, दुर्घटना हुँदा एकको मृत्यु
जनकपुरधाम-राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य तीव्र बनाइएको बताए ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका दोषिलाई कानुनी कारबाही गरिने निर्णय गरेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसनधान सुरु गरेको हो ।
दुर्घटना हुँदा एकको मृत्यु
त्यसैगरी आज बिहान भएको ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार बिहान ३ः०० बजे धनुषा गणेशमान चारनाथ नगरपालिका–७ गोदारसस्थित पूर्व–पश्चिम राजमार्गमा ना.४ ख ९९०९ नम्बरको ट्रक र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा एक्कासि आगलागी भई पिकअप चालकको जलेर मृत्यु भएको हो ।
हालसम्म निजको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । निज चालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । ट्रक र पिकअप भ्यानमा लागेको आगो इलाका प्रहरी कार्यालय ढल्केबरबाट गएको प्रहरी टोली र दमकलको सहायताले बिहान ६ः०० बजे नियन्त्रणमा लिएको छ ।
ट्रकले अक्सिजन ग्याससहित किराना पसलका सामग्री तथा पिकअप भ्यानमा पेट्रोलियम पदार्थ ढुवानी गरेको भन्ने खुल्न आएको घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण