रातोपाटी समाचार प्रभावः सिरहामा जाडोबाट बाच्न अग्रिम तयारी
सिरहा–चिसोको कारण तराईको जनजीबन कष्टकर बन्दै गएको भन्ने समाचार रातोपाटीमार्फत सार्वजनिक भएपछि स्थानिय प्रशासनले अग्रिम सर्तकता अपनाएको छ ।
करिब दुई सातादेखि बढेको अत्यधिक चिसो र सितलहरबाट प्रभावित बालबालिका र बृद्वबृद्वालाई प्रशासन कार्यालय सिरहाको नेतृत्वमा कम्बल वितरण गर्ने तयारी गरेको हो । सिरहाको जिविस भवनमा बसेको बैठकले जिल्लाका अति गरिब परिवार, असहाय, दलित र बृद्धबृद्धालाई मध्यनजर गर्दै सितलहरबाट जोगिनको लागि लागि कम्बल वितरण र सिरहा सदरमुकाम सिरहा सहित जिल्लाका छ वटै नगरपालिका र सम्पुर्ण गाविसहरुमा कम्बल र आगो ताप्नका लागि दाउरा वितरण गर्ने प्रमुख जिल्ला अधिकारी मान बहादुर विकले जानकारी दिए ।
जाडोका कारण आर्थिक अवस्था कमजोर भएका परिवारहरुले चिसोका कारण ज्यान समेत गुमाउनु परेको अवस्था जिल्लामा सृजना हुन नदिनका लागि सबै नगरपालिका र जिविसलाई कम्बल वितरण गर्ने कार्यमा सहयोग गर्न र लक्षित परिवारलाई मात्र वितरण गर्न निर्देशन दिएको विकले बताए ।
सिरहा सहित जिल्लाभरका सार्वजनिक स्थानहरुमा दाउरा बाल्ने र कपडाका कारण शितलहरका सिकार हुन सक्ने परिवारहरुलाई आर्थिक अवस्था हेरी कम्बल वितरण गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादवले जानकारी दिए । केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेका कारण जनजीवन प्रभावित बन्दै गएको छ । जिल्ला अस्पताल सिरहामा चिसोका कारण बिरामीको संख्या बाक्लिन थालेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी उपचारको लागि आउने गरेको जिल्ला अस्पताल सिराहाका मेडिकल सुप्रिटेन्डेन्ट डा दयाशाकर लाल कर्णले बताए । अस्पतालमा दम, निमोनिया, कोल्ड डेरीया झाडापखालाका बिरामीको संख्या बढिरहेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । विशेष गरी साना नानीहरू चिसोका कारण धेरै विरामी हुने गरेको छ । राति र विहान बाक्लो कुहिरो लाग्ने र तुसारो झर्ने कारण अत्यधिक चिसो भईरहेको छ । अत्यधिक चिसोका कारण सर्वसाधारण विशेष कामवाहेक वाहिर कमैमात्रामा निस्कने गरेका छन् ।
यता चिसो बढेलगतै न्यानो लुगा ,फाटाको किनमेल संगै मुल्यमा समेत बृद्धि भएको स्थानिय संतोष शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण