मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सोमबार, ०६ पुस २०७२, १२ : ४५
सोमबार, ०६ पुस २०७२

सप्तरी-दुई दिन अगाडि सप्तरीको मलेकपुरबाट हराएकी एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा जिल्लाको मलेकपुर गाविस–१ निवासी ७५ वर्षीया देवकी सदा रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कुशाहा–६ निवासी ५५ वर्षीय साइकल यात्री पुल्कित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स५प ३४९० नं को मोटरसाइकलले ठक्कर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप