काँग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल
सोमबार, ०६ पुस २०७२, १२ : ३५
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीको क्रियाशील सदस्यता विवादलाई समाधान गर्ने सम्बन्धमा छलफल गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज भएको पदाधिकारी बैठकले सबैलाई न्यायोचित हुने गरी क्रियाशील विवाद मिलाउने निर्देश गरेको नेता रमेश लेखकलेबताए । आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता विवादका सम्बन्धमा गरेको निर्णयानुसार क्रियाशील सदस्यता छानबिन समितिले तीन दिनभित्र सबैलाई चित्त बुझाएर क्रियाशील सदस्यताको सूची पार्टी सभापति कोइरालालाई बुझाउने भएको छ । “बैठकमा क्रियाशील सदस्यता विवादका सम्बन्धमा विभिन्न जिल्लाबाट आएका गुनासालाई सम्बोधन गरी न्यायोचित रुपमा निर्णय लिइएन”–केन्द्रीय सदस्य महेश आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण