बक्यौता नतिर्ने ४९१ ग्राहकको लाइन काटियो
चितवन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि बक्यौता तिर्न अटेर गरेका ४९१ ग्राहकको लाइन काटेको छ ।
पहिलो चरणमा ताकेता गरेपनि बक्यौता नतिरेपछि कालोसूचीमा राखी लाइन काटिएको केन्द्रले जनाएको छ । केन्द्रका लेखा प्रमुख भगवान् ढकालका अनुसार चालु आवको हालसम्म रु २७ करोड ४९ लाख ३२ हजार ९३६ बक्यौता रहेको छ । बक्यौता नतिरेका पुराना ग्राहकको लाइन काटिएको उनको भनाइ छ ।
कालोसूचीमा रहेका ग्राहकको मात्र रु एक करोड १० लाख ४९ हजार ६३७ बक्यौता रहेको उनले बताए । बक्यौता रहेकामध्ये सबैभन्दा बढी सडक बत्तीको रु १४ करोड ११ लाख ४ हजार, घर बत्तीको रु पाँच करोड दुई लाख ५३ हजार ८१६, औद्योगिक बत्तीको रु तीन करोड ७६ लाख ९४ हजार ७२७, गैर व्यवसायीको रु एक करोड १७ लाख १७ हजार ३६५ बक्यौता रहेको छ ।
यस्तै व्यापारिक प्रतिष्ठानको रु ७९ लाख ८० हजार ४०३, यातायात व्यवसायीको रु नौ लाख १७ हजार २४७, खानेपानी कार्यालयको रु चार लाख ३३ हजार ३२५, मन्दिरको रु तीन लाख १२ हजार २४७ बक्यौता रहेको छ ।
बक्यौता रकम उठाउन प्राधिकरणले सूचना जारी गर्ने, कालोसूचीमा राख्ने, लाइने काट्ने, मिटर बक्स वितरण रोक्नेलगायत काम गरिरहेको केन्द्रका प्रमुख तारा शर्माले बताए । उनले पहिलो चरणमा सम्बन्धित ग्राहकको मात्र लाइन काटिएको भए पनि लामो समयसम्म बक्यौता नबुझाएमा तीन पुस्तेसम्मको लाइन काटिने बताए ।
सडक बत्ती र सरकारी निकायको माथिल्लो तहबाटै बक्यौता असुल हुने भन्दै उनले निजी क्षेत्रको बक्यौता भने कमी हुँदै आएको प्रमुख शर्माले बताए । केन्द्रमा ६४ हजार ७८१ ग्राहक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण