नाकाबन्दी चाँडै हट्छः नेता खनाल
इलाम-पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी चाँडै हट्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग आज भेटघाट तथा अन्तरक्रिया गर्दै उनले भारतले गरेको अघोषित नाकाबन्दी आफैँ फिर्ता लिने बताएका हुन् ।
‘भारतले नाकाबन्दीको मार खेप्नसकेको छैन्, केही दिनभित्रै नाकाबन्दी खुलाउँछ, नेता खनालले भने ‘नाकाबन्दी गरेर भारतले वर्वौंदेखिको दुई देशबीचको भाइचारको सम्बन्ध तोडेको छ ।’ मतदाता र कार्यकर्ताले नाकाबन्दीका कारण कृषिजन्य उत्पादन बिक्री गर्न नपाएको, उद्योगधन्दा बन्द हुन थालेको गुनासो राखेका थिए ।
संसदमा रहेका मुख्य राजनीतिक दलको एकताका कारण नयाँ संविधान जारी भएको र यो विश्वकै उत्कृष्ठ संविधान बनेको जिकिर गर्दै संविधानलाई तल्लो निकायसम्म पु¥याउनु हामी सबैको दायित्व रहेको विचार व्यक्त गरे ।
मधेसका केही टाठाबाठाले अहिले मधेसमा भ्रम सिर्जना गरेर संविधानको अपव्याख्या गर्न थालेको भन्दै सरकारले ‘जनताको संविधान जनताकै माझमा’ भन्ने एक महिने कार्यक्रम ल्याएको र त्यो सबैले बुझ्नुपर्नेमा जोड दिए ।
तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा सबैभन्दा बढी बजेट क्षेत्र नं। १ मा छुट्टिएको बताउँदै उनले बजेट कार्यान्वयनमा सबैको साथ र सहयोग रहनुपर्ने बताए । मुलुक अव आर्थिक समृद्धिको पाटोमा उन्मुख रहेको उनको भनाई थियो ।
निर्वाचन क्षेत्र नं १ का लक्ष्मीपुर, फिक्कल क्षेत्रका बासिन्दाले सडक, विद्युत्, स्वास्थ्य, शिक्षाको विकास गर्न सांसद खनाललाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण