बत्तीसपुतलीमा विद्यार्थीको ‘जिउँदो सालिक’
काठमाडौँ बाँचुन्जेल व्यक्तिको माया र सम्मान ख्याल नगरिए पनि मरेपछि खोक्रो आदर्शका रुपमा फूलमालाले सजाउने समाजको कुविचारप्रति शिल्पी थिएटरमा विद्यार्थीले निर्देशन गरेको नाटक ‘जिउँदो सालिक’ नाटकले खरो विरोध गरेको छ ।
मूर्तिका रुपमा रहेको सालिकले सुत्रधार बन्दै नाटकका दृश्य जोडिरहेको हुन्छ । मौन (बोल्न नसक्ने) बालबालिकाको भावना परिवार, आफन्त र समाजले राम्रोसँग बुझ्न नसक्दा आत्महत्या गर्नुपरेको यथार्थ नाटकले देखाउन खोजेको छ । अलिसा सिंह ठकुरीको निर्देशन रहेको नाटकमा बोल्न नसक्ने बालिकाको जीवन सङ्घर्ष देखाइएको छ ।
अन्तिममा बालिकालाई आत्महत्याको साटो अरू कुनै विकल्प दिन सकेको भएन नाटक अझ सशक्त बन्थ्यो । तर अहिलेका युवाले आत्महत्यालाई समस्याबाट टाढा भाग्ने उपायका रुपमा लिन थालेको देखाइएको छ । तर यसमा परिवर्तन हुनु जरुरी छ ।
बत्तीसपुतलीस्थित शिल्पी थियटरमा आइतबार र सोमबार प्रदर्शनी गरिने ‘जिउँदो सालिक’ नेपाल कलेज अफ म्यानेजमेन्ट ९एनसिएम०को प्रस्तुति हो । कुनै विषयलाई बुझ्ने तरिका व्यक्तिको उमेर, अवस्था र भोगाइमा निर्धारण हुन्छ । यतिबेला कलेजका विद्यार्थीले आफ्नै अनुभूति र भोगाइलाई ‘कलेज थिएटर फेस्टिबल’मा नाटकमार्फत प्रस्तुत गर्दैछन् ।
पुस २ गतेदेखि सुरु भएको सो फेस्टिबलमा काठमाडौँका गोल्डेनगेट इन्टरनेसनल कलेज, के एन्ड के इन्टरनेसनल कलेज, नेपाल कलेज अझ म्यानेजमेन्ट, काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट, आर।आर कलेज र एक्मी इन्जिनियरिङ कलेजले नाटक प्रस्तुत गर्नेछन् ।
दश दिनसम्म चल्ने उक्त नाटकमा उत्कृष्ट प्रस्तुति र उत्कृष्ट नाटकलाई पुरस्कृत गरिनेछ । हरेक दिन दिउँसो १ र ४ बजे नाटक मञ्चन भइरहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण