साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत : प्रधानमन्त्री ओली
विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको प्रस्ट पारे ।
उनले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्नेमा जोड दिए ।
उनले सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम भएको दाबी गरे ।
उनी विराटनगर विमानस्थलबाट सुनसरी–इटहरीमा आज आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण