मोर्चाका कार्यकर्ताद्वारा प्रहरी चौकी तोडफोड, चौकीको प्रतीक्षालयमा समेत आगजनी
सोमबार, ०६ पुस २०७२, १४ : ५१
रौतहट- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान जिल्लाको विभिन्न भागमा रहेका प्रहरी चौकीमा तोडफोडका साथै आगजनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मोर्चाका कार्यकर्ताले आज बिहान जिल्लाको मध्य भागमा रहेको इलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउन्ड वाल तोडफोड गरेका छन् । ती कार्यकर्ताले सो कार्यालयको बोर्डसमेत उखेलेर फालिदिएका छन् ।
यसैगरी, मोर्चाका कार्यकर्ताले सीमानाकामा रहेको बङ्कुल प्रहरी चौकीमा समेत आक्रमण गरेका छन् । मोर्चा सम्बद्ध कार्यकर्ताले सो चौकीको प्रतीक्षालयमा आगजनी गरेको जिप्रका रौतहटले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले इलाका प्रहरी कार्यालय गङ्गापिप्रामा समेत आक्रमणको प्रयास गरेका छन् । तर त्यहाँ कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मोर्चाका कार्यकर्ताले बङ्कुल प्रहरी चौकीमा आक्रमण गर्दा फर्निचरका साथै एउटा सवारीसाधनमा क्षति पुगेको छ । सदरमुकाम गौरमा आइतबार भएको झडपमा प्रहरीको गोली लागी एकजना मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि आक्रोशित ती कार्यकर्ताले आज बिहानैदेखि जिल्लाको विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन् ।
गौर नगर क्षेत्रमा अहिले पनि अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय रौतहटले मोर्चाका कार्यकर्तालाई आन्दोलनको नाममा हिंसात्मक प्रदर्शन नगर्न, उत्तेजित नहुन र संयमता अपनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण