सामूहिक रुपमा बङ्गुरपालन
कञ्चनपुर-गरिबी न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको शङ्करपुर–४ कसवाका महिलाले सामूहिक रुपमा व्यावसायिक बङ्गुरपालन सुरु गरेका छन् ।
जिविसअन्तर्गत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत रु तीन लाख १५ हजार अनुदान रकममा उनीहरुले बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् । व्यवस्थित खोर निर्माण र बङ्गुरका पाठा खरिद गरेका उनीहरुले दाना खुवाउने, पानी दिने र मल व्यवस्थापन गर्ने कार्य सामूहिक रुपमा गर्दै आएका छन्
कलाकन्धर रानाका अनुसार समूहमा आबद्ध २५ जनाले पालैपालो मिलाएर बङ्गुरको हेरचाह गर्दै आएका छन् । हेचरचाह गर्न हप्तामा एक दिन पर्ने गरी सबैलाई समूहमा राखेर जिम्मेवारी दिइएको छ । गत असार महिनादेखि व्यवसाय सुरु गरेका महिलाले एक वर्षको अवधिमा नै पाठा बिक्री गरी आम्दानी गर्ने योजना बनाएका छन् ।
बङ्गुरपालनका लागि चाहिने तालिम र व्यवस्थापनबारे जानकार भइसकेकाले व्यवसायलाई विस्तार गरी नमुनाका रुपमा सञ्चालन गर्ने योजना फुलसोहत्तर रानाले सुनाए । बङ्गुरको मासु कुखुरा र बाख्राको भन्दा सस्तो रहेकाले गाँउमै खपत हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण