मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार मानव सभ्यताकै कलङ्क : आयोग

सोमबार, ०६ पुस २०७२, १५ : ०९
सोमबार, ०६ पुस २०७२

काठमाडौँ-राष्ट्रिय महिला आयोगले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुव्र्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महिला भएकै कारण उनीमाथि गरिएको यस प्रकारको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिला जगत्को अपमान गरेको आयोगको ठहर छ । आयोगले उक्त कार्यको घोर निन्दा र भत्र्सना गर्दै दोषिमाथि कडा कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेको छ ।

आयोगका सदस्य एवम् प्रवक्ता उर्मिलादेवी विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार मानव सभ्यताकै कलङ्कका रुपमा चित्रित हुन पुगको उल्लेख गर्दै आगामी दिनमा यस प्रकारका घटना हुन नदिनेतर्फ विशेष सतर्कता अपनाउन सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप