मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेमा २० घर बनाएका धुर्मुस-सुन्तलीले दोलखामा ७५ घर परिवारलाई सिरक बाँडे (फोटोसहित)

सोमबार, ०६ पुस २०७२, १५ : ५६
सोमबार, ०६ पुस २०७२
काठमाडौं—काभ्रेको पहरेवस्तीमा २० वटा नमूना घर बनाएर भूकम्प पीडितलाई सहयोग गरेका हाँस्यकलाकार धुर्मस—सुन्तलीको जोडीले फेरी दोलखामा सिरक बाँडेका छन् । सरसफाइ अभियानका साथ दोलखा पुगेका उनीहरुले दोलखाको भीरकोट गाविसस्थित माझी गाउँका ७५ घर भूकम्प पीडित परिवारलाई एकएक थान सिरक बाँडेका हुन् । चिसोबाट जोगाउन प्रति घर एकएक थान सिरक बाँडेको धुर्मुसले बताए । भूकम्प गएको ८ महिना बितिसक्दा पनि यहाँका स्थानीयवासी अस्थायी टहरामा छन् । रातोपाटीसँग कुरा गर्दै धुर्मुसले भने, ‘पहिलेदेखि नै आर्थिक अवस्था कमजोर, त्यसमाथि भूकम्प पीडित चिसोबाट बचाउन पर्यो भनेर सिरक बाँडेको हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप