मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जिप दुर्घटनामा परी मृत्यु भएकाको सनाखत

सोमबार, ०६ पुस २०७२, १६ : ०६
सोमबार, ०६ पुस २०७२
बैतडी-भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको साहुखर्कमा सोमबार मध्याह्न जिप दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको सनाखत भएको छ । मृत्यु हुनेमा अछाम मार्कुका २६ वर्षीय जिप चालक कुलबहादुर बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख नायब उपरीक्षक बिपीन कर्माचार्यले बताए । दुर्घटनामा घाइते भएका अछाम मार्कुका २५ वर्षीय नवराज बोगटीको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । कैलालीको अत्तरिबाट धान लिएर अछाम जाँदै गरेको ना३च ४७३५ को निजी जिप साहुखर्कमा दुर्घटनामा परेको थियो । जिपमा सवार अन्य दुईजना भने सकुशल रहेका प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप