यसरी बनेकी छु स्लिम : मोडल पार्वती राईको नौ टिप्स
१. सामान्य जीवनयापन गर्ने र खानपिनमा ध्यान दिने हो भने ‘फिगर मेन्टेन’ गर्न गाह्रो हुँदैन । पायो भन्दैमा टन्न खाने, नपाएको बेलामा लामो समयसम्म भोकै बस्ने बानीले शरीरको बनावट बिग्रिन्छ । यो कुरामा म त एकदम सजग रहन्छु । त्यसैले खानाचाहिँ सकेसम्म समयमै खान्छु ।
२. त्यसो त नखाँदैमा स्लिम हुने होइन । यस्तो मानसिकता पनि छ हाम्रामा । यो गलत हो । नखाएर त कमजोर भइन्छ, गलिन्छ र रोगी भइन्छ । खान नजानेमा चाहिँ रोगी बनिन्छ । तरिका मिलाएर खाने हो भने मोटाइन्छ भन्ने पिरबाट मुक्त हुन सकिन्छ । ३. घरमा पाक्ने सबै खानेकुरा खान्छु म । हामीले खाने कतिपय खानेकुरामै मोटोपनसँग लड्ने औषधी हुन्छ । हरियो सागपात र फलफूलमा शरीरलाई चाहिने तत्वहरू हुन्छन् । दुब्लाउने रहरमा यस्ता खानेकुरा छुटाउँदा शरीरलाई फाइदाभन्दा हानी बढी हुन्छ । के नखानेभन्दा पनि के खाने भन्ने थाहा पाउँदा ‘फिगर मेन्टेन’ गर्न सघाउ पुग्छ । ४. हरेक बिहान उठ्नेबित्तिकै मैले ‘हट लेमन’ पिउने गरेकी छन् । यसले वजन बढ्न दिँदैन । गर्मीमा भने नियमित ‘मर्निङ वाक’ जान्छु । जाडोमाचाहिँ अल्छि लाग्छ, विहानभरि सुत्छु । त्यसैले गर्मीमा भन्दा जाडोमा हल्का मोटाउँछु । पहिले ४५ केजी थिएँ, जाडो बढेपछि ४८ केजी पुगेकी छु । नियमित मर्निङ वाक गर्ने हो भने पनि तौल सन्तुलन गर्न सकिन्छ । ५. आफूलाई फिट राखिरहन चिल्लो खानेकुराबाट टाढै बस्छु । गुलियो खानेहरू मोटा हुन्छन् । त्यसैले मलाई गुलियो मन पर्दैन र खान्न पनि । पार्टीतिर जाँदा खानेकुरा चाख्छु मात्रै, टन्न खादिनँ । रक्सी त छुँदै छुन्न । ६. बियरले पनि शरीरमा बोसो बढाउँछ । त्यसैले बियर पनि खान्नँ । जंकफुड चाहिँ कहिलेकाहीँ साथीहरूको करकापमा परेर वा ‘इमरजेन्सी फुड’को रूपमा खाने गरेकी छु । तर सकेसम्म ‘कन्ट्रोल’ गछु्र्र । ७. तनाव लिएर बस्ने मानिस पनि मोटाउँछन् । मलाई त तनाव लिएर बस्ने फुर्सद नै हुन्न । कहिलेकाहीँ तनाव भयो भने आफूलाई अझ बढी व्यस्त बनाउँछु । ८. मोटोपनले बाहिरी आकर्षणमात्रै बिगार्ने होइन, भित्री रोग पनि बढाउँछ । त्यसैले म ४५ केजीभन्दा बढ्नेबित्तिकै बेलुकाको खाना छोडिदिन्छु । केही दिन फलफूलको जुसमात्र खाएपछि केहि दिनमै ‘मेन्टेन’ हुन्छ । ९. सक्रियताले पनि ‘फिगर मेन्टेन’ गर्न सघाउँछ । नाचिरहनुपर्ने भएकाले व्यायामको कमी हुँदैन । धेरैजसो सुटिङमा व्यस्त हुन्छु । सुटिङ सकिनेबित्तिकैे स्टेज शोमा हुन्छु । त्यसैले अरुलाईजस्तो ‘स्लिम फिगर’का लागि ‘जिम सेन्टर’ धाउनुपर्दैन ।
प्रस्तुति : फातिमा बानु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण