रौतहटमा निषेधाज्ञा तोड्दै आन्दोलनकारी, प्रदर्शन जारी
सोमबार, ०६ पुस २०७२, १६ : २१
रौतहट-स्थानीय प्रशासनद्धारा जारी गरिएको निषेधाज्ञाको बेवास्ता गर्दै रौतहटको सदरमुकाम गौरस्थित मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् । आइतबार आफ्ना एकजना साथीलाई प्रहरीले गोली हानी हत्या गरेको भन्दै आज बिहानैदेखि विद्यार्थी र आन्दोलनकारीले गौरस्थित विपी चौक र कबीर चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले प्रहरीमाथि पटकपटक ढुंगासमेत प्रहार गरिरहेका छन् । प्रहरीले जवाफी कारवाहीमा अश्रुग्यास तथा गोली प्रहार नगरेपनि प्रदर्शनकारीलाई लाठी प्रहार गरी लखेटिरहेका छन् । आज सोमवार बिहान निर्धारीत बिएडको परिक्षालाई मध्यनजर गर्दै स्थानीय प्रसाशनले बिहान ६ बजेदेखि १०ः३० सम्म कफ्र्यु हटाएको थियो । परिक्षा सकेलगतै गौरमा आन्दोलनकारीले प्रदर्शन शुरुगरेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षाको मध्यनजर गर्देै पुनः १०ः३० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । स्थानीय प्रशासन ऐन २०२८ को संशोधित दफा ६ को (क) १ बमोजिम कर्फ्यू लागु गरिएको बताएका छन् । प्रर्दशनकारीले कर्फ्यूको बाबजुद मधेसी क्रान्तिचोक, नेपाल लजचोक, भन्सारचोक, ट्रास्र्ममरचोक ,अदालतचोक लगायतका स्थानमा टायर बाली प्रहरी दमनको विरोधमा जुलुस नारा लगाइएको छ । त्यसैगरी मोर्चाका कार्यकर्ता तथा विद्यार्थीहरुले गौर चन्द्रपुर सडकखण्डको गरुडा, शिवनगरस्थित मुलबाटोमा ठूलाठूला मुढा तथा थे्रसर तेर्साएर प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण