मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जानकी मन्दिरको घटना छानबिन गर्न समिति गठन

सोमबार, ०६ पुस २०७२, १६ : २९
सोमबार, ०६ पुस २०७२

काठमाडौँ-सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित राम जानकी मन्दिरमा भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य छन् ।

छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआजा गर्न राम जानकी मन्दिर गएका बेला तराई मधेसमा आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।

राष्ट्र प्रमुखलाई अपमान गरिएको भन्दै मुलुकका विभिन्न क्षेत्रबाट सो घटनाको भत्र्सना र निन्दा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप