मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘मधेसी मोर्चा परिणाममुखी वार्ता चाहन्छ’

सोमबार, ०६ पुस २०७२, १६ : ४२
सोमबार, ०६ पुस २०७२

काठमाडौँ-राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चाले सार्थक र परिणाममुखी वार्ता चाहेको बताएको छ ।

मधेसी मोर्चा सम्बद्ध नेता लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

नेता रायले मोर्चा वार्ता विरोधी नभएको बताउँदै छिट्टै तराई–मधेस आन्दोलनको निकास खोजेकाले सरकारसँग ठोस वार्ताको अपेक्षा गरेको बताए ।

उनले सरकार तराई–मधेसको आन्दोलन वार्ताबाट नभई थकाएर शिथिल गराउने चाहनामा रहेको आरोप लगाए ।

नेता कर्णले सरकार मधेसी मोर्चासँग गम्भीर नभएको र आन्दोलनमा घाइते भएकाको उपचार खर्च उपलब्ध नगराएकामा दुःख व्यक्त गर्दै अबको वार्ता सान्दर्भिक र परिणाममुखी हुनुपर्ने अन्यथा मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिए ।

यसअघि सरकारसँग मोर्चाले १५ पटक वार्ता गरिसकेको र सरकारसमक्ष ११ बुँदे मागसमेत पेस गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप