फुजेल प्रकरण : छविलाल पौडेललाई पक्राउ गर्न सर्वोच्चको आदेश
काठमाडौं-सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्याको आरोपी छविलाल पौडेललाई पक्राउ गर्न आदेश दिएको छ । न्यायधीश गिरिशचन्द्र लाल र दिपकराज जोशीको संयुक्त इजलासले पौडेललाई कृष्ण प्रसाद हत्या प्रकरणमा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको हो ।
भाइको हत्यामा छविलालसहितका छिमेकीको संलग्नता रहको किटानीसहित दाजु नुर प्रसादले २०६२/०८/२६ मा अदालतमा जाहेरी दिएका थिए । प्राप्त सबुत प्रमाणहरुको अध्ययन पश्चात छविलाल दोषी पाइएको फैसलामा उल्लेख छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय चितवनद्धारा पक्राउ परेका पौडेललाई पुनरावेदन अदालत हेटौंडाले धरौटीमा रिहा गर्ने आदेश दिएपनि त्यसलाई समेत सर्वोच्चले बदर गरिदिएको छ ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी छविलाल पौडेलले स्वयं मृतकका बाबु नन्द प्रसाद र आमा गंगामाया अधिकारीसँग व्यक्त गरेको कुरा मिसिल संलग्न निजहरुको कागजबाट खुलेको समेतले प्रतिवादी छविलाल पौडेल समेतको आरोपित कसूरमा संलग्नता रहेको भन्ने विश्वास गर्ने मनासिब आधार रहेको स्पष्ट हुन्छ ।’ यस्तो अवस्थामा प्रतिवादी पौडेललाई धरौटीमा राखि मुद्दाको पुर्पक्ष गर्ने गरी चितवन जिल्ला अदालतबाट भएको मिति २०७१/०१/०४ को आदेशलाई सदर गर्ने गरेको पुनरावेनद अदालत हेटौंडाको मिति २०७२/०३/०३ को आदेश नमिलेको देखिँदा उपरियुक्त कुरा अन्यथा प्रमाणित नभएसम्म निजको हक सम्ममा बदर गरिएको छ । पछि प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम नै हुने हुँदा हाललाई पौडेललाई थुनामा राखी कारवाही गर्नु भनि चितवन जिल्ला अदालतलाई लेखी पठाउनु ।
यसैगरी अदालतले अन्य प्रतिवादीहरु भीष्मराज पौडेल, राम प्रसाद अधिकारी, पर्शुराम पौडेल, कालिप्रसाद अधिकारी, हिमलाल अधिकारी, सिता अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, विष्णु प्रसाद तिवारी र सुभद्रा तिवारीको हकमा चितवन जिल्ला अदालतको थुनछेक आदेशहरुलाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको आदेश हालसम्म संकलित प्रमाणहरुको आधारमा तलमाथि नदेखिएकाले सदर गरिएको जनाएको छ ।
स्मरण रहोस् चर्चित फुजेल प्रकरणमा छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेका बाबु नन्द प्रसाद अधिकारीको मृत्यु भइसकेको छ भने आमा गंगामाया अधिकारी हालपनि अनशन मै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण