पुतलीसडक र बागबजारका आधादर्जन कन्सल्टेन्सीमा छापा
काठमाडौं– राजस्व अनुसन्धान विभागको टोलीले पुतलीसडक र बागबजार आसपासका आधा दर्जन शैक्षिक कन्सल्टेन्सिमा छापा मारेको छ । राजस्व चुहावटको आशंकामा सोमबार एकैपटक छापा मारिएको बताइएको छ ।
राजस्व अनुसन्धान विभागका निर्देशकहरुको टोलीले बागबजारको ‘हब इन्टरनेशनल एजुकेशन, पुतलीसडकको अमेरिकन एजुकेशन कन्सल्टेन्सि, भाइब्रेन्ट एमबिबिएस इन्टरनेशनल कन्सल्टेन्सि, कमलादीको प्याक एसिया कन्सल्टेन्सि र थापाथलीको स्काई इमिग्रेसन कन्सल्टेन्सिमा छापा मारेको छ । त्यस्तै थापाथलीको फक्स टुर एण्ड ट्राभल्सले पनि राजस्व चुहावट गरेको आशंकामा छापा मारेर कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक रामशरण चिमौरीयाले जानकारी दिए । विद्यार्थीहरुलाई महँगो शुल्क लिएर विदेशमा पढ्न पठाउने र आय विवरण पेश नगरेको शैक्षिक कन्सल्टेन्सिहरुलाई सूचनाका आधारमा छापा मारिएको चिमौरियाले बताए । उनले भने, ‘त्यस्ता सेवा क्षेत्रमा राजस्व चुहावट हुने गरेको आशंकामा हामीले पहिले पनि छापा मारेर अनुसन्धान गरिरहेका छौं ।’ त्यस्तै हुण्डी कारोवार गरेको आशंकामा धनुषा प्रहरीले दुई भारतीय नागरीकलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा पठाएको छ । भारतको मधुवनी बस्दै आएका अभयकुमार पासवान र गोपी मुरारका ५६ लाख ५८ हजार नेपाली रुपैयाँसहित पक्राउ परेको र उनीहरुबारे विभागले अनुसन्धान शुरु गरेको महानिर्देशक चिमौरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण