सशस्त्रका निलम्बित आईजीपी वन्तले अख्तियारले मागेको १० करोड धरौटी बुझाए
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तलाई १० करोड धरौटीमा रिहा गरेको छ । अख्तियारले हिरासतमा राखेर अनुसन्धान अघि बढाउन खोजेपछि उनले धरौटीमा रिहा हुने चाहना व्यक्त गरेका थिए ।
सोहि अनुसार १० लाख बराबरको बैंक जमानी ल्याएपछि उनलाई अख्तियारले तारेखमा रिहा गरेको हो ।
आयोगले धरौटी जमानत वापत रुपैया १० करोड माग गरेकोमा उक्त रकम वरावरको वैङ्क जमानत दाखिला गर्न ल्याएकोले निलम्बित वन्तलाई धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भैरहेको अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । हाल सम्म संकलित सवुद प्रमाण एवं सम्बन्धित व्यक्तिहरूको वयान व्यहोरा समेतको प्रारम्भिक अनुसन्धानबाट निलम्वित सशस्त्र प्रहरी महानिरिक्षक वन्तले केही सिमित व्यक्तिहरू संग मिलोमतो गरि ढुवानी गर्दै नगरिएका सामानहरूको नक्कली विल बनाई करिव ७ करोड रुपैया भुक्तानि गरि गराई आर्थिक अनियमितता गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको दाबी छ ।
यसअघि अख्तियारको टोली पक्राउ गर्न भनेर बिहानै उनको निवास पुगेको थियो । उनले आफैँ उपस्थित हुने भनेपछि टोली फर्केको थियो । भ्रष्टाचार गरेको अभियोगमा अख्तियारकै सिफारीसमा सरकारले उनलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण