अझै टुंगिएन काँग्रेसमा सदस्यता विवादको समस्या
काठमाडौँ - नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको छलफललाई निष्कर्षमा पु¥याउन सक्दो प्रयास गर्ने जनाएको छ ।
काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आज भएको काँगे्रस पदाधिकारी बैठकले मोर्चासँगको छलफललाई व्यवस्थित बनाई टुङ्गोमा पु¥याउन सक्दो प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
काँग्रेसले केही दिनयता मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता र छलफललाई तीव्रता दिएको छ ।
साथै बैठकले आजको व्यवस्थापिका–संसदको बैठकलाई कसरी अघि बढाउने सम्बन्धमा पनि छलफल गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए ।
बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादलाई सुल्झाउने सम्बन्धमा पनि छलफल गरेको छ ।
काँग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद समाधान सम्बन्धमा समितिमा उठेका धारणालाई समेत सम्बोधन गरी तीन दिनभित्र सभापतिलाई प्रतिवेदन बुझाउन आदेश दिएको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयावधिको आज अन्तिम दिन हो । आजै प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति कोइराला र उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाबीच भेटघाट भएको छ । आजदेखि चीनको औपचारिक भ्रमणमा जान थाल्नुभएका उपप्रधानमन्त्री थापाले आफ्नो चीन भ्रमणका बारेमा अवगत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण