मोदी र सलमानलाई पछि पार्दै गाई बन्यो याहु ‘पर्सनालिटी अफ द इयर’
मुम्बाई – सर्च इन्जिन याहुले भारतमा सन् २०१५ को ‘पर्सनालिटी अफ द इयर’ गाईलाई घोषणा गरेको छ । सन् २०१५ मा भारतमा गाईको विषयलाई लिएर ठूलो राजनीति भएपछि याहु इन्डियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर अन्य बलिवुड सेलिब्रिटीलाई पछि छाड्दै गाईलाई उक्त उपाधि दिएको हो । महाराष्ट्र सरकारले राज्यमा गाईको मासु बिक्री वितरणमा रोक लगाएको थियो । जसले गर्दा यो मुद्दा देश व्यापी बनेको थियो । समाजिक सञ्जालमा यस विषयमा ठूलो चर्चा भउको थियो । बिहार चुनावको बेलामा पनि गाईको विषयलाई लिएर ठूलो राजनीति भउको थियो । चुनावको नतिजापछि भने गाईको मुद्दा सेलाएको थियो तर यस विषयमा पनि समाजिक सञ्जालमा धेरै खिल्ली उडाइएको थियो । महिला सेलिब्रिटीमध्ये सन्नी लियोनी यस वर्ष सबैभन्दा सर्च गरिएकी सेलिब्रिटी बनिन् । त्यसपछि टप फाइभमा क्रमशः कटरिना कैफ, दिपिका पाडुकोन, प्रियंका चोपरा र ऐश्वर्या राय रहिन् । हिट एण्ड रन केस र आफ्नो दुई हिट चलचित्र बजरंगी भाईजान र प्रेम रतन धन पायोका कारण यस वर्षभर पुरुष सेलिब्रटीमध्ये सलमान अग्र स्थानमा रहे । त्यसपछि टप फाइभमा क्रमशः यो यो हनी सिंह, साहिद कपुर, आमिर खान र शाहरुख खान चर्चामा रहे । यता राजनीतिज्ञ मध्ये सबैभन्दा सर्च गरिएकोमा भारतीय प्रम मोदी रहे । विदेश भ्रमण र विहार चुनावका कारण उनी चर्चामा रहेका थिए । आम आदमी पार्टीका अरविन्द केजरीवाल दोस्रो स्थानमा रहे । त्यस्तै अन्य पोजिसनमा क्रमशः स्मृति इरानी, शशी थरुर र हेमा मालिनी रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण