नेपाली फुटबल टोलीको भारतमा अपमान!
काठमाडौं — साफ च्याम्पियन्सप बुधबारबाट भारतको केरेलामा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंकाबीच भिडन्त हुँदैछ । पहिलो खेलमा भारत र पाकिस्तान भिड्ने तय भएपनि पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाएपछि आज नेपाल र श्रीलंकाबीचको खेल तय भएको हो । पाकिस्तान बाहिरिएपछि समूह ए मा भारत, श्रीलंका र नेपालमात्र रहेका छन् । समूह बीमा अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । म्याच फिक्सिङ काण्डबाट पीडित बनेको नेपाली फुटबल टोलीका लागि यो प्रतियोगिता आफ्नो छवि सुधार्ने अवसर हुनेछ । उक्त काण्डपछि खेलिएको एक मात्र मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग १—० गोलले पराजित भएको थियो । तर, प्रतियोगिताको शुरु हुनअघि नै आयोजकको फितलो व्यवस्थापनका कारण नेपाली टोलीले विभिन्न समस्या बेहोरिरहेको छ । सोमबार केरेलाको त्रिभन्द्रम पुगेको नेपाली टोली दुई घण्टासम्म हिल्टन होटलको लबीमा अलपत्र परेको थियो । दुई घण्टासम्म पर्खेपछि आयोजकले त्यहाँ कोठा नमिलेको भन्दै अर्को राम्रो ठाउँमा व्यवस्थापन गर्ने वाचासहित टोलीलाई सस्तो होटलमा लगेर राखिएको छ । त्यति मात्र होइन मंगलबार प्रतियोगिताको पूर्व सन्ध्या आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली फुटबल टोलीका प्रशिक्षक प्याट्रिक असेम्सलाई गलत होटलमा लगियो । उनी पत्रकारसम्मेलनमा ढिला पुगे र आयोजकमाथि खनिए । प्याट्रिकले यहाँभन्दा अफ्रिकामा नै आयोजकको व्यवस्थापन हुने टिप्पणी गर्दै भने, 'यो साफका आयोजकका लागि लज्जाको विषय हो ।' उनले नेपाली फुटबल टोलीलाई पाँच तारे होटलमा राख्ने भनिए पनि सस्तो होटलमा लगेर राखेकोमा आक्रोश व्यक्त गरे । 'हामीलाई न त प्रशिक्षणका लागि राम्रो मैदान दिइएको छ न त आयोजकले कुनै वास्ता नै गरेका छन्,' उनले भने । नेपाल र श्रीलंकाबीच आज साँझ ६ बजेर ४५ बजे खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण