मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

किसुनजीलाई यसरी सम्झिए प्रधानमन्त्री ओलीले

बुधबार, ०८ पुस २०७२, १७ : ३४
बुधबार, ०८ पुस २०७२

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्णप्रसाद भट्टराईलाई दलको नेताभन्दा माथि राखेर हेर्नुपर्ने बताएका छन् । ललितपुरको बाँडेगाँउस्थित भट्टराई आश्रममा पूर्व प्रधानमन्त्री भट्टराईको पुर्णकदको सालिक अनावरण गदै प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि उहाँ कुनै दलमा आबद्ध भएपनि उहाँका योगदान देश र जनताका लागि भएकोले उहाँलाई राष्ट्रिय नेताका रुपमा सम्मान गर्नुपर्ने बताए । ‘कृष्णप्रसाद भट्टराई समाज रुपान्तरणको नेता हो’ प्रधानमन्त्रीले भन्नुभयो ‘उहाँ परिवर्तनको साक्षी किनारामा मात्र हैन सधैं अग्रभागमा रहनुभयो ।’ नख्खु जेलमा हुँदा भट्टराईसँग आफ्नो भेट भएको सम्झंदै प्रधानमन्त्रीले परिणाम जे जस्तो आए पनि सधैं सत्य बोल्ने नेताको रुपमा आफूले भट्टराईलाई चिनेकोे बताए । ‘राजनीतिक परिवर्तन गरेर जनतालाई सार्वभौम बनाउन उहाँले चालेका कदम र विचार सधैं असाधरण नै रहे’ प्रधानमन्त्रीले भने ‘नेपाली समाजलाई परिवर्तनका मुद्दामा सहमत गराउन उहाँको योगदान सदैव स्मरणीय रह्यो ।’ कृष्णप्रसाद भट्टराईका आफ्नै खाले मान्यता रहेको स्मरण गर्दै ओलीले भन्नुभयो ‘ढाट्न भन्दा सत्य बोलेर जेल जान तयार हुने नेता र सेन्स अफ हयुमर भएको नेताको रुपमा उहाँ हुनुहुन्थ्यो ।’ भट्टराईका केही स्वभावले आफुलाई पनि प्रभावित गरेको प्रधानमन्त्रीले बताए । ‘उँहा जीवनलाई सधैं हाँसी खुसी राख्नु हुन्थ्यो । जस्तै दुःखमा पनि उहाँ दुखी भएर बस्नु भएन’ प्रधानमन्त्रीले भने ‘त्यो स्वभाव ममा पनि छ । म जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दःुख मनाउ गरेर बस्दिन । ’ भट्टराईको ९१ औं जन्म जयन्तीका अवसरमा कृष्णप्रसाद भट्टराईको सालिक निर्माणको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्रीले आश्रमलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले आश्रमको अवलोकन पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप