मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्पोरेट क्रिकेट प्रतियोगिता हुदै

बुधबार, ०८ पुस २०७२, १० : ३४
बुधबार, ०८ पुस २०७२

भैरहवा - लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भैरहवामा सातौ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । भैरहवामा रहेका बैंक तथा ब्यापारीक प्रतिष्ठान बिच आपसी सदभाव बढाउन तथा खेल भावनाको बिकास गर्न क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन । एस आर स्टिलको मूख्य प्रायोजन तथा अर्घाखाची सिमेन्टको सह प्रायोजनमा हुने प्रतियोगिातमा भैरहवाका बैंक र ब्यापारीक प्रतिष्ठान गरि १५ वटा समुहले भाग लिएको आयोजकले जानकारी गराएका छन । भैरहवाको फेवा बिकास बैंक, एभरेष्ट फाईनान्स, मेगा बैंक, जनता बैंक, कुमारी बैंक, हिमालय बैंक, सिद्धार्थ बैंक, पूर्णिमा बिकास बैंक, ग्लोबल आईएमई बैंक, ईन्नोभेटिभ बिकास बैंक, कलश सहकारी संंस्था र प्रिमियर ईन्सुरेन्स रहेको लियो क्लबका अध्यक्ष राजन केसीले जानकारी दिए । यसै गरि प्रतियोगितामा एसआर स्टिल, युनाईटेड साई मोटर्स र सुर्या नेपालको पनि सहभागीता रहने केसीले बताए । खेल यहि पुस १० र ११ गते भैरहवाको भैरहवा बहुमुखी क्याम्पसको खेल प्राङ्गणमा हुने आयोजकले बताए । ६ जना मात्र खेलाडी खेल्न पाउने यो खेल ५ ओभरको हुनेछ । प्रतियोगिताको उदघाटन खेल फेवा बिकास बैंक र ईन्नोभेटिभ बिकास बैंक बिच हुने आयोजकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप