स्मिथ वर्षका उत्कृष्ट क्रिकेटर घोषित
बुधबार, ०८ पुस २०७२, १७ : ४५
काठमाडौं — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अस्ट्रेलियाका क्रिकेट टोलीका कप्तान स्टीभ स्मिथलाई क्रिकेटर अफ द इयर र टेस्ट क्रिकेटर अफ द इयर घोषणा गरेको छ । सर गारफिल्ड सोबर्स ट्रफी हात पार्ने उनी चौंथो खेलाडी बनेका छन् । यसअघि रिकी पोन्टिङ, मिचेल जोन्सन र माइकल क्लर्कले यो उपाधि पाएका थिए । २६ वर्षीय स्मिथको कप्तानीमा अस्ट्रेलियाले विश्वकप जितेको थियो जसमा उनले ४ सय २ रन बनाएका थिए । उनले ८२.५७ को औसतमा १३ टेस्टमा १,७३४ रन बनाए । दक्षिण अफ्रिकी कप्तान एबी डिभेलियर्स लगातार दोस्रो पटक वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी बनेका छन् । महिलातर्फ अस्ट्रेलियाकै कप्तान मेग ल्यानिङ वर्षकी उत्कृष्ट महिला एकदिवसीय क्रिकेटर घोषित भएकी छिन् । इंग्लिस कप्तान रिचार्ड केटलबर्ग वर्षको उत्कृष्ट अम्पायर घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण