आधा शताब्दीपछि इराकमा ब्युटी कन्टेन्स, विजेतालाई आइएसको धम्की
बुधबार, ०८ पुस २०७२, १८ : ०४
बगदाद - गृहयुद्ध र विदेशी हमलाको चपेटामा परेको इराकमा सन् १९७२ पछि पहिलो पटक सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअघि इस्लामिक समुहहरुले प्रतियोगिताको विरोध गर्नुका साथै प्रतियोगीहरुको हत्या गर्नेसम्मको धम्की आए पनि बगदादको एक होटलमा प्रतियोगिता सफल रुपमा आयोजना गरियो । यस प्रतियोगितामा २० वर्षीय शाम्या अब्देलरहमान विजेता मिस इराक घोषित भइन् । उपाधि जितेपछि उनले आफ्नो ख्यातिको प्रयोग गरेर देशमा शिक्षाको स्तर सुधार गर्न प्रयास गर्ने बताइन् । शाम्याले अब मिस युनिभर्समा पनि भाग लिन पाउनेछिन् । तर, प्रतियोगिता सकेपछि आतंकवादी संगठन आइएसले उनलाई आफ्नो संगठनमा सामेल हुन धम्कीपूर्ण चेतावनी दिएको छ । आइएसले शाम्याले आफ्नो संगठनमा सामेल नभएर उनको अपहरण गर्ने धम्की दिएको त्यहाँको समाचारमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण